आर्थिक

‘पेप्सी’लाई लाग्यो ६४ करोड राजस्व ठगीको मुद्दा

काठमाडौं । बहुराष्ट्रिय कम्पनी ‘पेप्सीको’लाई नेपालमा बोटलिङ गदैै आएको वरुण बेभरेजविरुद्ध मुद्दा दायार भएको छ  । नक्कली भ्याटबिल जारी गरी ६४ करोड राजस्व ठगेको भन्दै राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।

वरुण बेभरेज (नेपाल) लिमिटेडले बहुराष्ट्रिय कम्पनी पेप्सीकोको फ्रेन्चाइज कम्पनीका रुपमा पेप्सी, डायट पेप्सी, ड्यु, मिरिन्डा, सेभेन अप, ट्रोपिकाना स्लाइस, ओट मिल्क, आक्वाफिना मिनरल वाटरलगायत पेय पदार्थ नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ ।

अरुण बेभरेजका नेपालमा दुईवटा बेभरेज उत्पादन प्लान्ट छन् । उक्त कम्पनीले केही समय अगाडिमात्र नवलपरासीमा नयाँ बेभरेज उद्योग स्थापना गरेको थियो।  नक्कली भ्याटबिलमा बहुराष्ट्रिय कम्पनीविरुद्ध दायर भएको यो ठूलो मुद्दा हो । 

आन्तरीक राजश्व विभागले सन् २०१० मा पनि वरुण बेभरेजमा छापा मारेको थियो । प्लास्टिक प्रदुषण फैलाउने विश्वका प्रमुख कम्पनीहरू मध्ये कोकाकोला, पेप्सीको र नेस्ले हालसम्म अग्रस्थानमा रहेका छन् ।