राजनीति

राष्ट्रपतिले नेताहरुलाई बोलाएपछि प्रचण्ड गर्जिदै भने, “अध्यक्षलाई जानकारी गराउनुपर्ने विधि पद्धति हो कि होइन ?”

६ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका नेताहरुलाई बोलाएर छलफल गरेकी छन् । नेकपाको स्थायी कमिटी बैठक चलिरहेका बेला राष्ट्रपति भण्डारीले शनिबार बिहान नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुन, जनार्दन शर्मा प्रभाकर, देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, शंकर पोखरेल लगायतलाई बोलाएकी थिइन् । तर नेताहरुले पार्टी अध्यक्षलाई खबर गरेका थिएनन् ।

प्रचण्डले पार्टी बैठक चलिरहेका बेला स्थायी कमिटी सदस्यहरुलाई बोलाउँदा नकारात्मक सन्देश जाने बताएका छन् । प्रचण्डले भने, राष्ट्रपतिले बोलाएपछि नजाने भन्ने त होइन, अध्यक्षलाई जानकारी गराउनुपर्ने विधि पद्धति हो कि होइन ?’ उनले प्रश्न गरे, ‘के हो, जानकारी दिनु पर्दैन ?’

त्यस्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पनि निवासमा बोलाएकी थिइन् । राष्ट्रपतिले नेकपाको स्थायी समितिमा भइरहेको छलफलबारे र विकास निर्माण लगायतका विषयमा जिज्ञासा राखेको सहभागी नेताले जानकारी दिएका छन् ।