काठमाडौं । नेपालबङ्गलादेश बैंकको २५औं बार्षिक साधारणसभा सम्पन्नभएको छ । उक्त साधारण सभाले गतआर्थिक वर्ष २०७५/७६सम्मको संचित मुनाफाबाट शेयर धनीहरुलाई ५ प्रतिशत बोनश शेयर र ७ प्रतिशत नगद लाभांश (लाभांशमालाग्ने कर सहित) दिने प्रस्ताव स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्य संग सम्बन्धित प्रबन्ध पत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ ।
समिक्षाअवधिमा बैंकको कुलनिक्षेप २४.५५ प्रतिशतले बृद्धि भई रु.५९.७६ अर्ब पुगेको छ भने कुलकर्जा २९.१६ प्रतिशतले बृद्धि भई रु. ५५.७२ अर्ब पुगेको छ । बैंकको वासलातको आकार २४.२४ प्रतिशतले बृद्धि भई रु. ७६.२५ अर्ब पुगेको छ ।





