पर्सा । बिरगंज महानगरपालिका(१८ स्थित ड्राईपोर्ट – परवानीपुर सडक खण्डमा श्रेष्ठर बिरुवार एपेक्स कन्ट्रक्सनले अलकत्र पकाउने क्रममा अचानक अलकत्रा बनाउने मेशिनमा आगोलागि भई एक करोड बराबरको अल्कतरा बनाउने मेसिन, ७ हजार लिटर डिजल भएको ट्याङकी र तयारी अलकत्रा ३० टन गरी एक करोड चालिस लाख बराबरको क्षेती भएको छ ।
आगलागी भएको खबर प्राप्त हुना साथ प्रहरी टोली खटि गई उक्त आगो स्थानिय, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए । उक्त घटनामा मानविय तथा चौपाया क्षेती भने भएको छैन ।
त्यस्तैगरी कालिकामाई गा।पा।वडा नं।३ हरिहरपुर बस्ने राधेश्याम गोठको खाना पकाउने खपडाले छाएको फुसको घरमा खाना पकाउने चुल्लोबाट आगोलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ । अन्नपात लताकपडा गरी तिन लाख बराबरको सर(सामानहरु जलि पुर्ण रुपमा क्षेति भएको प्रहरीले जानकारी दिए ।
उक्त खबर प्राप्त हुना साथ यस कार्यालय तथा मातहतबाट प्रहरी टोली खटि गई आगो स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको जानकारी दिए । उक्त घटनामा मानविय तथा चौपाया क्षेती नभएको प्रहरीले जानकारी दिए ।





