काठमाडौं । अजोड ईन्स्योरेन्स लिमिटेडको े दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । यस कम्पनीको विराटनगर,विरगंज, हेटौंडा , पोखरा, बुटवल, सुर्खेत र धनगढीमा गरि ७ वटा प्रादेशिक कार्यालय रहेको छ ।
त्यस्तैगरी वर्तामोड, इटहरी, जनकपुर, नारायणघाट, बनेपा, भक्तपुर, नयाँ बानेश्वर, जोरपाटी, बुढानिलकण्ठ, बालाजु, ललितपुर, कलंकी, किर्तीपुर, पर्वत, भैरहवा र नेपालगंजगरि १६ वटा शाखा कार्यालय रहेको छ ।
यस कम्पनीले बैशाख १ गतेदेखि नै लागु हुने गरी ग्राहकहरुलाई ३६५ दिन नै बीमा सेवा समेत प्रदान गर्दै आएको छ । कुनै पनि बीमा कम्पनीका लागि मेरुदण्डका रुपमा रहेको दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त र पारदर्शि वनाउने उद्येश्यले यस कम्पनीले फाष्ट ट्रयाक दावी भुक्तानी निति अवलम्वन गरि रु.२ लाख सम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको छ ।





