पर्यटन/संस्कृति

भ्रमण वर्ष प्रचारका लागी पाँचथरका युवाहरु गरे बाइममा नेपाल यात्रा

तेह्रथुम । पाँचथरका युवाहरुले पाँचथरको चिवा भञ्जाङबाट बैतडीको झुलाघाटसम्म भ्रमण वर्ष २०२० लाई सफल बनाउन मोटरसाइकलमा नेपाल यात्रा सुरु गरेका छन् । भ्रमण वर्ष २०२० को पहिलो दिन पाँचथरको चिवा भञ्जाङबाट यात्रा शुरु भएर आठराई संक्रान्तिबजार हुँदै नेपाल यात्राको टोली तेह्रथुम पुगेको छ । भ्रमण टोलीलाई आठराई संक्रान्तिबजारका युवाहरूले स्वागत गरेका छन् । मोटरसाइकलमा नेपालको भण्डा र भ्रमण बर्षको लोगो र प्रचार सामाग्री सहित यात्रा सुरु गरिएको यात्रा टोलीले बताएका छन् ।

बुधबार फिदिममा पत्रकार सम्मेलन मार्फत यात्राको जानकारी गराइएको थियो । पाँचथरको चिवा भञ्जाङबाट बैतडीको झुलाघाट सम्म १ हजार ७ सय ७६ किलोमिटर दुरि रहेको छ । मध्यपहाडि लोकमार्गले मध्यपहाडका २४ वटा जिल्लाहरुलाई छुन्छ । ६ वटा मोटरसाइकलमा ११ जनाले यात्रा सुरू गरिएको नेपाल यात्रामा सहभागी हर्क बहादुर नेम्बाङले जानकारी दिए ।

एक महिना लामो नेपाल यात्रा मध्यपहाडी लोकमार्गको उद्गम स्थल पाँचथरको चिवा भञ्जाङबाट सुरु भई बैतडीको झुलाघाट सम्म पुगेर सम्पन्न हुने नेम्बाङले बताउनुभयो । यात्रामा बिभिन्न पेशामा आबद्ध रहेका युवाहरुको सहभागीता रहेको छ । युवानेता, पत्रकार र बिभिन्न पेशामा आबद्ध रहेका ११ जना युवाहरुले मध्यपहाडी यात्रा सुरु गरेका हुन् ।

भ्रमण वर्षलाइ सफल पार्न मध्यपहाडी जिल्लाको प्रचार गर्न पनि यात्रा गरिएको यात्रा टोली बताएको छ । यात्रामा प्रदेश नम्बर एक घुम्न आउन निम्तो समेत बाढ्नको लागी यात्रा गरिएको नेम्बाङले बताए । मध्यपहाडी लोकमार्ग निर्माण भएपछि मध्यपहाडी जिल्लामा ल्याएको सामाजिक,आर्थिक परिर्वत बुझन पनि यो यात्रा गरिएको यात्रामा सहभागी पत्रकार गिरिराज बाँस्कोटाले बताए ।