आर्थिक

सन नेपाल लाइद्वारा गुलरिया र भूरी गाउँमा सम्मान कार्यक्रम सम्पन्न

बर्दिया । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७६ पौष २२ गते गुलरिया र भूरी गाउँमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमल राज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमल राज गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए । साथै सो अवसरमा स्थानी यपर्यटकीय स्थलको प्रवद्धन गरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत सवैलाई आग्रह गरियो ।