काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा बंगलादेशको भ्रमणमा गएका छन् । बंगलादेशका सेना प्रमुख अजिद अहम्मदको निमन्त्रणामा थापा आज(आइतबार) बंगलादेश प्रस्थान गरेको सेनाको मुख्यालय जंगी अड्डाले जनाएको छ ।
प्रधानसेनापतिसँगै अन्य सात जना सैनिक अधिकारीसमेत भ्रमण दलमा सहभागी छन् । बंगलादेश भ्रमणका क्रममा प्रधानसेनापति थापाले बंगलादेशी सेनाका युनिटहरूको भ्रमण र भेटघाट गर्ने कार्यक्रम छ ।
थापा १ माघमा स्वदेश फर्कनेछन् । उनी नेपाली सेनाकै एम २८ स्काई विमानमार्फत् बंगलादेश प्रस्थान गरेका हुन् । उनलाई बलाधिकृत शरदकुमार गिरीले विमानस्थलमा बिदाइ गरेका थिए ।





