आर्थिक

प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लि. ले २०७६ पौष २८ गते सोमबार तेइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । ललितपुरस्थित ज्यापू प्रज्ञा भवनको सभाकक्षमा संचालन गरिएको साधारण सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७५ र ७६ मा गरेका कार्यक्रम तथा गतिविधिहरुबारे प्रकाश पारे ।

साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष किशोर कुमार महर्जनले प्राप्त सल्लाह तथा सुझावहरुको सराहना गरे तथा आगामी दिनहरुमा यस्ता सुझावहरुको कार्यान्वयनकालागि प्रतिबद्धता व्यक्त गरे । उनले वित्तीय संस्थाआफ्नो अस्तित्व समाप्तपार्ने गरी मर्जर तथाअक्विजिशनमानजाने जानकारी दिँदै संस्थालाई अझ सबल बनाई निकट भविष्यमा  अझ आधुनिकिकरण गर्दै स्तरोन्नतिका निम्ति आफू प्रयासरत रहने धारणा व्यक्त गरे ।

सो साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को वित्तीय अवस्थाको वासलत, नाफा-नोक्सान हिसाब र नगदप्र वाह विवरणका साथै सम्पूर्ण वित्तीय विवरणहरु पारित गरेको छ ।

हाल यस फाइनान्सले ६ वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रवाह गरिरहेकोमा चालू आर्थिक वर्षको अन्त्यसम्ममा ४ वटा शाखाकार्यालयहरु थप गरि कम्तीमा १० शाखा तथा ४ एक्सटेन्सन काउन्टरको संजालमार्फत सेवा विस्तार गर्ने योजना बनाएको छ ।