पु.समाचार

दुर्घटनाग्रस्त अवस्थामा ट्रक र बस

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा पर्यटक बस र  ट्रक ठोक्किएको छ । 

बिहीबार दिउँसो पोखरा जाँदै गरेको पर्यटक बस र विपरित दिशाबाट आउँदै गरेको ट्रक ठोक्किदा भएको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिए ।