शिक्षा

परिक्षामा कम अंक ल्याएको भन्दै हात चिर्न लगाउने शिक्षिका प्रहरी नियन्त्रणमा

कमठमाडौं । बिध्यार्थीले परिक्षामा कम अंक ल्याएको भन्दै हात चिर्न लगाउने शिक्षिका प्रहरीले नियन्त्रणमा लिएका छन् । काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् ।

सो परिक्षामा कम अंक ल्याएको भन्दै हात चिर्न निर्देशन दिएकी थिइन् । पीडित विद्यार्थीहरुकाअनुसार उनले निर्देशन नमान्नेलाई आफै हात चिरिदिने धम्की दिएकी थिइन् । कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको हातमा चिरिएको छ । १२ वर्ष देखी सोसल साइन्स पढाउदै आएकी कर्माचार्यले परीक्षाको फुलमाक्स २० र पासमाक्स ८ र निर्धारण गरिएको थियो ।

परीक्षामा राम्रो नम्बर नल्याएको भन्दै उनले बिहीबार विद्यार्थीहरुलाई बेञ्चमा उभ्याइन् । सिसाकलम तिखार्ने ब्लेडले आफ्नो हातमा आफैं चिर्न निर्देशन दिइन् ।। उनलाई बानेशवर प्रहरी वृत्तले नियन्त्रणमा लिएको हो । प्रहरीकाअनुसार अहिलेसम्म उजुरी परेको छैन । तर शनिबार विद्यालयका प्रिन्सिपलकाम साथै केही अभिभावकलाई बोलाएर छलफल गरिएको छ । छलफलका क्रममा शिक्षिका कर्माचार्यले आफ्नो गल्ती स्वीकार गरेकी छन् । घटना बाहिर आएपछि विद्यालयले पनि शिक्षिका कर्मचार्यलाई अवकास दिएको छ ।