पु.समाचार

रमेश खरेलको नयाँ अभियान घोषणा बिहीबार, के नयाँ पार्टी घोषणा गर्लान् त ?

काठमाडौं । पछिल्लो समय सरकारी सेवावाट अवकाश पाएकाहरु र राजीनामा दिएर विभिन्न समाजसेवादेखि राजनीतिमा हुमिएका धेरै व्यक्तिहरु देखिन्छन् । त्यहि क्रममा नेपाल प्रहरीका भुतपूर्व डीआईजी रमेशप्रसाद खरेलले पनि एउटा अभियान चलाउने भएका छन् ।

खरेलले चलाउन लागेको अभियानको नाम हो, ‘हाम्रो नेपाल सुशासन अभियान ।’ खरेलले यो अभियान भोलि(बिहिबार) घोषणा गर्ने कार्यक्रम रहेको छ । खरेलले फेसबुकमा स्टाटस लेख्दै त्रिपुरेश्वरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सबै शुभेच्छुक र समर्थकलाई आमन्त्रण गरेका छन् ।

केहीदिन अगाडी भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीसँग संयुक्त रुपमा अभियान घोषणा गर्ने अन्तिम तयारीमा भएपनि घोषणा गर्ने दिन नै खरेल र उनको समूहले अलग्गीएको बताएको थियो । अभियान्ता शाही र डिआईजी शाही दुबै भ्रष्टाचार बिरोधी अभियान्तामा पर्दछन् । उनीहरु दुबै जनताबस्च लोकप्रीय छन् । अभियानका नाममा राजनीतिक खोलेपछि जनमानसमा उनीहरुले कस्तो गर्लान त्यो भने हेर्न बाँकी नै छ ।