काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, युवा नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले पछिल्लो समय विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको बिषयमा फेसबुक लाईभमा बोलेका छन् । उनले साबुन पानीले हात धुने कुरा नै कोरोना भाईरस रोक्ने मुख्य समाधान भएको भन्दै स्वास्थ्य मन्त्रालयले बिगतदेखी नै सचेतना जगाउने कार्य गरिएको स्मरण गरेका छन् ।
नेता थापाले माहामारीका बिषयमा सरकारलाई राजीतिक पुर्बाग्रह नराखी सहयोग गरिरहेको भन्दै माहामारी प्रवेश भएमा के गर्ने भन्ने टेस्टको कुरामा सरकारले ध्यान दिनुपर्ने र त्यसको कार्यान्वयन गर्नेबेला आएको बताए । उनले आफूलाई जतिबेला जाहाँ बोलाएपनि उपस्थिति हुने प्रतिबद्धता गर्दै दिनभर आफू कसकसलाई भेटें भन्ने रेकर्ड राख्न जनमानसमा आग्रह गरेका छन् । भिडभाडमा जामन कम गर्न आग्रह गर्दै हात धुंने कार्य नै महत्वपूर्ण भएको उनको दाबी छ ।
जनताले अखबारलाई मात्र बिश्वास नगर्न आग्रह गर्दै नेपाल सरकारले उपप्रधानमन्त्री एबम् रक्षामन्त्री ईश्वर पोख्रेलको नेतृत्वको समितिलाई सहयोग गर्दै हिजोमात्र भेटेर सल्लाह दिएको जनाएका छन् ।
उनले बिदेशबाट आउने नाकाहरुमा केही नाकामात्र बन्द गर्ने भन्दा सबै नाका बन्द गर्न ढिलो गर्न नहुने बताएका छन् । कोरोना चेक गर्ने कुरामा कुनैपनि कसर बाँकी नराख्न सरकारलाई आग्रह गर्दै जनतालाई आपूर्ति प्रणालीलाई सहज बनाउन स्थानीय तहलाई सहभागी गराउन आग्रह गरेका छन् । कुनैपनि बेला मुलुकमका लकडाउन गर्नुपर्ने समय आउनसक्ने भन्दै त्यसका लागि मजदुर, बैंकको ऋणको बिषयमा लगायतमा सरकारले बिशेष चासो लिनुपर्ने समय अँएको बताए । राष्ट्रिय स्वास्थ्य प्रयोगशालाबाट ५ सय जनाको टेष्ट गरेकोमा निजी अस्पतालसँग साझेदारी गर्दै टेष्टलाई महत्वदिनुपर्ने बताए । उनले दुई तीन दिनमा कम्तीम पाँच हजारलाई परीक्षण गर्ने वातावरण बनाउनुपर्ने बताए । काठमाडौंमात्र नभएर सातै प्रदेशमा लागू गर्नुपर्ने उनको सुझाव छ ।
कोरोनाको बिषयमा फास्ट ट्र्याकबाट खरीद गरेर भएपनि तत्काल सर्भिस दिने वातावरण बनाउनुपर्ने बताए । साँझ ७. बजे आज दिनभरमा के के भयो भन्ने कुराको जनतालाई सूचना दिनुपर्ने र निजी मिडियाले दिएका सूचनालाई निस्तेज बनाउने बताए । सरकारले निर्णय गर्दा एक प्रकारको गर्ने तर सूचना प्रवाह गलत हुने देख्दा नागरिकमा भ्रम श्रृजना हुने दाबी गरे ।
सरकारले एक्लै चाहेर कोरोना संक्रमणको लडाई जित्न नसक्ने दाबी गर्दै काँग्रेसले सहयोग गर्ने बताए । उनले सरकारले पनि सबैलाई साथमा लिएर हिँड्ने रणनीति अपनाउनुपर्ने बताए । आफूलाई कारोना लागेमा आफूले हाछिउँ गर्दापनि आफ्नो छेउको मानिसलाई पनि लाग्ने बताउँदै त्यसका लागि सबै सचेत हुनुपर्ने बताए ।
उनले नेपालीहरुलाई माहामारीका समयमा सरकारलाई सहयोग गर्न सार्बजनिक आह्वान गरेका छन् । बुधबारमात्र १ज्ञ बुंदे सुझाव दिएका नेता थापा आज पुनः लाईभमा आएका छन् ।





