काठमाडौं । काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले आफू नेपाल बिद्यार्थी संघको अध्यक्ष हुँदा गिरिजा प्रसाद कोईरालाले भागबण्डा नगरेको स्मरण गरेका छन् । उनले सन्त नेता कृष्ण प्रसाद भट्टराईसँग भागबण्डा नगरीकन नेविसँघ गठन भएको बताउँदै अहिलेका नेताहरुले भागबण्डा लगाउँदा सिङ्गो पार्टी नै कमजोर बनिरहेको दाबी गरेका छन् ।
उनको स्टाटस्ः आज काँग्रेसका शक्तीसाली नेता गिरिजा प्रसाद कोईरालाको स्मृतिमा नेता गुरुङले उक्र कुरा बताएका हुन् । नेता गुरुङले गिरिजाबाबुलाई सम्झँदा कृष्ण प्रसाद भट्टराईलाई पनि सम्झिएका छन् । गिबारकिसुनजीलाई सम्झना हामी लायक छौं भएके दाबी पनि गरेका छन् ।
गुरुङको स्टाटस्ः
गिबाको स्मृती दिवश !
गिबा पार्टी सभापति र किसुनजी नेता हुनुहुन्थ्यो। मेरो नेतृत्वमा नेबिसंघ केस गठन हुँदा भागबण्डा भएन। भागबण्डा नहुँदा कोहि बलियोरकमजोर भएन ! अहिलेका नेताहरुले भागबण्डा लगाउँदा सिङ्गो पार्टी नै कमजोर बनिरहेको छ। गिबारकिसुनजीलाई सम्झना हामी लायक छौंरु श्रदासुमन गिबा !!






