सामाजिक सञ्जाल

डा भट्टराईको आग्रहःसरकारले बाटामा अलपत्र परेका मजदुरलाई यातायातको ब्यबस्था गरि उचित ब्यबस्थापन गरोस्

५ बैशाख काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले बाटोमा अलपत्र परेकालाई  यातायातको व्यवस्था गरि उचित ब्यबस्थापन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले देशैभर लाखौं अस्थायी श्रमिकहरूको विचल्लीबारे उच्च निकाय ईश्वर पोख्रेलसंग आफ्नो सम्पर्क भएको भन्दै अब सरकारको काम हेर्न बाँकी रहेको उल्लेख गरेका छन् ।

डाक्टर भट्टराईले लकडाउनभर त्यस्ता श्रमिकहरू जो जहाँ छन् तिनको उचित व्यवस्थापन राज्यका अंगले गर्न केन्द्रले तुरून्त श्रोतसाधन परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । मुलुकभरी लकडाउन भएपछि खान कै अभाव हुँदा काठमाडौं लगाएत ठुला सहरमा मजदुर गरी खाने लगाएत विद्यार्थिहरु दुःख कष्ट सहेर हिँडेरै पैदलयात्रा घर जान थालेका छन् ।

 

उनको ट्वीटः देशैभर लाखौं अस्थायी श्रमिकहरूको विचल्लीबारे बल्ल उच्च निकाय @IshwarPokhrel संग सम्पर्क भयो । लकडाउनभर त्यस्ता श्रमिकहरू जोजहाँ छन् तिनको उचित व्यवस्थापन राज्यका अंगले गर्न केन्द्रले तुरून्त श्रोतसाधन परिचालन गरोस् १ बाटामा अलपत्र परेकालाई समन्वयगरेर यातायातको व्यवस्था गरोस् !अब हेरौं !