राजनीति

ओलीले अध्यादेश फिर्ता लिएनन् भने अनिष्ट हुन्छः नेता सिटौला

काठमाडौं १२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता भएन भने देश मुडभिडतिर जाने चेतावनी दिएका छन् ।

कांग्रेसका केन्द्रिय सदस्य नेता सिटौलाले सरकारले ल्याएको यी दुई अध्यादेश कसैलाई मान्य नहुने भएकाले देश मुठभेडमा जाने प्रष्ट भएको अवस्थामा सरकारले योे गल्ति सच्चयाउनु पर्ने बताए ।

कोरोनाका कारण अत्यन्तै कठिन अवस्थामा राष्ट पुगेका बेला संसदलाई छलेर, संसदलाई स्थगन गरेर सरकारले ल्याएका दुबै अध्यादेश गलत संविधानको भावना र मर्म विपरित भएकोले तत्कालै फिर्ता लिनुपर्नेमा जोड दिएका छन् ।

नेता सिटौलाले मुलुक कोरोनाको चपेटामा परेको बेला प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले दुर्ई अध्यादेश ल्याएर सम्पुर्ण राजनीतिक दलको मनमा चोट पुर्याएको बताएका छन् ।

एक सञ्चारमाधयममा अन्र्तवार्ता दिँदै नेता सिटौलाले सिंगो देशलाई एकतावद्ध गराएर हिँड्ने जिम्मेवारी पाएका प्रधानमन्त्रीले नै देश कोरोनाको चपेटामा परेका बेला राजनीतिकदल, नागरिक समाज, तमाम लोेकन्त्रवादीहरुको मनमा चोट पार्नेमा गरेको बताए ।

उनले उक्त अध्यादेशको विषयमा संसदमा विवादको विषय बन्नु भन्दा पहिले सरकारले नै फिर्ता लिएमा वुद्धिमानि हुने बताएका छन् । नेता सिटौलाले जेठ १५ मा बजेट ल्याउको लागि पनि संसद बैठक बोलाउनु पनि आवस्यक रहेको र संसदमा यो विषयले अबरोध हुन नहुने तर्फ सरकारलाई सचेत गराएका छन् ।

नेता सिटौंलाले कांग्रेसले सरकार सफल भएको हेर्न चाहने भन्दै सरकारले संबैधानिक व्यवस्था सुदृढ गरोस्, राष्ट्रको हितमा काम गरोस् र देशलाई एकतावद्ध गरोस् भन्ने ईच्छा रहेको बताएका छन् ।