राजनीति

देशको अखण्डताको सुरक्षा गर्न नसक्ने सरकारको अक्रमन्यता निन्दनीयः सहमहामन्त्री महत

२७ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्रीडा प्रकाश सरण महतले बर्तमान सरकार राष्ट्रियताको नारामा सत्तामा पुगेको दाबी गरेका छन् । नेता महतले राष्ट्रियताको खोल ओढेर उनीहरुले जनतालाइ नारामा छल्न सकिन्छ काम गर्नु पर्दैन भन्नेमा बिश्वास गर्ने गरेको बताएका छन् ।

नेता डा महतले भनेका छन्, ‘लिपुलेकमा जे भयो त्यसबारे थाहा नभएको बहाना गर्नेछन र अब समाधान का लागि पहल गर्ने भन्ने छन नक्सा प्रकरणमा जस्तै। तर केहि गर्ने छैनन् । देशको अखण्डताको सुरक्षा गर्न नसक्ने यो सरकारको अक्रमन्यता निन्दनीय छ।’

लिपुलेकमा भारत सरकारलेसडक उद्घाटनको कार्य गरेपछि नेकपा सररकारले गरेका पछिल्ला गतिबिधिप्रति डा महतको प्रतिकृया आएको हो । पुर्ब परराष्ट्र मन्त्री समेत रहेकाकाँग्रेस नेताडा महतले सरकारको कडा रुपमाबिरोध जनाका छन् ।

बर्तमान सरकारका परराष््टर मन्त्ती प्रदीप ज्ञवालीले कालापानी लिपुलेकबारे आफूहरु सचेत रहेपनि सडक उद्घाटनको बारेमा जानकारी नभएको बताएका थिए ।