२७ बैसाख, काठमाडौं । नेपाल तरुण दलले भारतीय पक्षले सार्बभौम मुलुकको सीमामा हस्तक्षेप गर्दा पनि कुनै पनि कुटनैतिक पहल नगर्नु र आधिकारिक धारणा समेत व्यक्त नगर्नुले सरकारको चरित्र उदांगो भएको जनाएको छ ।
दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले बिज्ञप्ती जारी गर्दै भारतले गत शुक्रबार नेपालको भुमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको कुराले हामी नेपाली नागरिकको आत्मामा गहिरो चोट पु¥याएको बताएका छन् ।
उनले बिज्ञप्तीमा भनेका छन्, ‘
आदरणीय देश विदेशमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरु नेपाल एक सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो भन्ने कुरा यहाँहरु सबैलाई अवगत नै छ । कुनै पनि सार्वभौमसत्ता सम्पन्न राष्ट्र माथि अन्य मुलुकद्वारा कुनै पनि क्षेत्रमा गरिने हस्तक्षेप त्यस देशका नागरिकहरुलाई सहिय हुदैन । देश माथि यस प्रकारका गतिविधि जहिले जहिले हुन्छन हरेक पटक नेपाल तरुण दलले सरकारलाई सुसूचित र ध्यानाकर्षण गराउदै आएको छ । यसै अन्र्तगत भारतले गत शुक्रबार नेपालको भुमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको कुराले हामी नेपाली नागरिकको आत्मामा गहिरो चोट पु¥याएको छ । यसरी हाम्रो भुमि माथिको हस्तक्षेपको नेपाल तरुण दल घोर भत्र्सना गर्दछ । कुनै पनि मुलुकको सिमा रक्षा गर्नु त्यस देशको सरकारको मुख्य कर्तव्य हो तर विडम्बना यतिका समय बितिसक्दा यस्तो संवेदनशील विषयमा नेपाल सरकारले कुनै पनि कुटनैतिक पहल नगर्नु र आधिकारिक धारणा समेत व्यक्त नगर्नुले सरकारको चरित्र उदांगो भएको छ । सरकारको यस्तो प्रकारको लाचार शैली प्रति खेद प्रकट गर्दै देशको सिमा रक्षाको निम्ति यथासिग्र उचित कदम चालि नेपाल भुमिको रक्षा गर्नका लागि नेपाल तरुण दल सरकारको ध्यानाकर्षण गराउँदछ ।’






