स्वास्थ्य

जनसंख्या घटाउने प्रभावकारी उपाय

स्कीकृति पोख्रेल/ नेपालमा बिस्तारै बिस्तारै जनसंख्या तीब्र रुपमा बढ्दै गएको छ । अहिलेको जनसंख्या पहिले भन्दा ३३ हजारले बढी भएको पाइन्छ । तीब्र जनसंख्या बृद्धी कारणले नेपालको स्रोत साधनले भ्याउन नीकै कष्ठ भइरहेको छ । जनसंख्या कहीले स्थीर रहदैन । यो घटबढ भईरहने प्रक्रीया हो । बिश्वको जनसंख्या शनिबारसम्मा सात अर्ब ७८ करोड ४८ लाख एक हजार ८९० जना रहेको तथ्याँक देखिन्छ भने नेपालको जनसंख्या दुई करोड ९१ लख ३६ हजार ८०८ रहेको आजको गणना छ । जनसंख्या घटबढ भइरहनुको मुख्य कारण प्रकृतिको प्रकृया हो । मान्छे एकपटक जन्मन्छ र उ कुनै समयमा मर्छ मर्छ, तर बिश्वमा मर्नेको तुलनामा जन्मनेको संख्या दोब्बर भन्दा बढी छ । जन्मले जनसंख्या बढाउने, मृत्युले जन्संख्या घटाउने गर्दछ र बसाइसराइले एक ठाँउमा घटाउने र अर्को ठाँउमा बढाउने काम गर्दछ, आर्थिक स्थीती कमजोर भएका कारण अन्य क्षेत्रमा कामको खोजीमा हिँड्ने भएकाले जनसंख्यामा प्रभाब पर्दछ । गरिबीको कारण शिक्षित भएपनि पैसाको अभाब हुँदा परिवार नियोजनको साधनबारे जानकारी भएता पनि त्यसको उचित उपयोग गर्न नसक्ने अबस्था आउन सक्छ । अन्य मुलुकमा भन्दा नेपालमा जनसंख्या बृद्धी हुनुको मुख्य कारण अशिक्षा, अज्ञानता नै मान्नु पर्दछ ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकाँस नागरिकका छोराछोरी बालबिबाहको कारण उनीहरुले आबश्यक शिक्षा हाँशिल गर्ने मौका पाएका हुदैनन्। परिबारनीयोजनको साधन बारे जानकारी प्रप्त हुदैन । जसले गर्दा उनीहरुमा सानो मै बच्चा जन्माउन बाध्य भएका हुन्छन् तर उनीहरुमा बच्चा जन्माउन सक्ने शारिरीक र मानशिक क्षमताको विकास भइसकेको हुदैन । ती जन्मिएका बच्चालाई आवश्यक शिक्षा प्रदान गर्न, बिरामी भएको बेला उपचार गर्न, मौसम अनुसारको लत्ता–कपडा लगाउन, पौष्टीक त्तत्व खुवाउन नसकेको खण्डमा शारिरीक र मानशिक रुपमा बच्चा बलिया नहुन पनि सक्दछन्। जसले गर्दा आमा तथा बच्चा दुवैमा शारिरीक तथा मानशिक समस्या आउन सक्ने डर हुन्छ । र आमा वा बच्चा वा आमा र बच्चा दुबैको अकालमै ज्यान जान सक्ने डर पनि हुन्छ । त्यसैले गर्दा पनि जनसंख्यामा प्रभाब पर्दछ विभिन्न प्रकारका रोगहरुको उत्पती हुन सक्ने डर हुन्छ ।

नेपालमा जनसंख्याका कारणले वेरोजगार भएर कती युवा युबतीहरु विदेशीन बाध्य भएका छन् । नेपालमा भएका स्रोत साधन सँगै खाने मुखको पनि बृद्घी भइरहेको छ । त्यसैगरी नेपालमा शिक्षित भन्दा बढी अशिक्षितको संख्या बढी भएकाले बिद्यालय तथा विश्वबिद्यालयमा शिक्षकहरुको अभाब, कक्षा कोठाको अभाब, डेक्स बेन्चको अभाब, पाठ्य पुस्तकको अभाब, खेल मौदानको अभाब, दक्ष शिक्षकको अभाव, बैज्ञानिक शिक्षाको अभाब लगायतले बालबालीकाले पढ्न लेख्न र पोख्त हुन पाएका छैनन् । त्यसैले नेपालमा गुणस्तरीय शिक्षाको अभाबले गर्दा पढाइको शिल्शीलामा बाहिरी देश जाने गर्दछन् ।

जनसंख्याले स्वास्थ्यको क्षेत्रमा पनि प्रभाब पार्दछ । मानिसहरु शारिरीक, सामाजिक, मानशीक र संवेगात्मक रुपमा असक्त र अपरीहार्य छन् । यसले गर्दा ब्रीद्द र बालबालीकालाइ नीकै प्रभाब पर्दछ । बच्चा उमेरका मानीसहरुको रोग सँग लढ्ने क्षमता कम मात्रामा हुने गर्दा छ । त्यसैले उनीहरुलाइ बढी मात्रामा रोग लाग्ने गर्दछ । जसले गर्दा स्वास्थ सेवा तथा सुवीधाको भागको पनी बृद्धी हुदै जान्छ । जुन समस्याको समाधान गर्न गुणस्तर शिक्षा हाँशिल गरेको स्वास्यकर्मिहरुको संख्या कम भएका कारण मानिसहरु मृत्युको प्रतीक्षामा हुन्छन् । यसको कारण समाजका व्यक्तीलाइ समेत प्रभाब पर्ने गर्दछ ।

यसलाई नियन्त्रण गर्न बालबिबाहको अन्त्य गर्ने, महिलाहरुलाई पनि कुनै सभा समारोहमा धार्मीक, सामाजिक तथा संस्कृतिक कार्यक्रम हरुमा समावेस गराउने, ठाँउ ठाँउमा परीवार नियोजनको साधनहरुबारे तालीम दिने, त्यसको फाईदा, प्रयोग गर्ने तरिकाको बारेमा राम्रोसँग जानकारी दिने, जनसंख्याले परेको प्रभावबारे जानकारी दिने, ग्रमीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई जनसँख्या बारे जनचेतना दिने, बालबच्चा कम मात्रामा जन्माउने, ग्रमीण क्षेत्रमा परिवार नियोजनको साधन निः शुल्क बितरण गर्ने, महिला समूहहरु खोल्ने आदी गरेमा जनसंख्या नियन्त्रण हुन्छ । सरकारले कतिपय स्वास्थ्य चौकीहरुमा महिला तथा पुरुषले प्रयोग गर्ने यस्ता प्रकारका साधनहरु निःशुल्क बितरण गर्ने गरेको पनि छ, तर ति बितरणहरु त्यस्ता जनताकोमा पुर्याउन नसकेका कारणले पनि प्रभावकारी हुन सकेको छैन । पहिले भन्दा पछिल्लो समयमा नेपालमा बाल मृत्युदर घटेको पनि छ तर जति हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । जनसंख्या घटाउन वा सन्तुलनमा ल्याउन नेपाल सरकार स्वास्थ्य मन्त्रालयले बिभिन्न समयमा प्रचारहरु गर्ने गरेको छ । सरकारी प्रचारहरु प्रभावकारी हुन भने सकेको छैन । सरकारले नागरिकलाई सचेत गराउने प्रकारका कार्यक्रमहरु ल्याउन पनि जरुरी देखिन्छ ।