राजनीति

भिम रावलको अडानः एमसिसि पास गर्नु मुलुकको लागि दुर्भाग्य

५ जेठ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भिम रावलले एमसिसि पास गर्नु मुलुकको लागी दुर्भाग्य हुने दोहर्याएका छन् । आज सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेता रावलले उक्त कुरा दोहर्याएका हुन् ।

साथै नेता रावलले मुलुकको हित बिपरितको मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसी सम्झौता चोर बाटोबाट पारित गर्न खोजिएको भन्दै कटाक्ष पनि गरेका छन् । नेता रावलले आईतबार प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापती देउवाले एमसिसि चाँडै पास गर्नुपर्छ भन्ने दिएको अभिव्यक्तिलाइ महाकालि सन्धिसंग जोडेका छन् ।

आजको बैठकमा सभापती देउवालाई नेता रावलले जवालफ दिएका हुन् । सरकारले एमसिसि पास गर्ने अन्तिम तयारी गरिरहेका बेलामा नेकपाका सुदुपस्चिम संयोजक समेत रहेका नेता रावलले कुनैपनि हालतमा एमसिसिपास गर्न नहुनेमा पुनः जोड दिएका छन् ।