५ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं.६ का साँसद भीमसेनदास प्रधानले भारतले मिचेको स्थान कालापानी, लिपुलेक, लिम्पीयाधुरामा सेना पठाउनुपर्ने विचार ब्यक्त गरेका छन् ।
आज बसेको संसद बैठकमा बोल्दै उनले ‘वार्ता हुँदै गर्छ । सेनालाई सीमामा पठाउनुपर्छ । आफ्नो सीमा रक्षा गर्ने दायित्व सरकारको हो । सीमा खाली छोडेमा मिच्नेले मिचिराख्छ’ भनेका हुन् ।
पूर्ब रक्षामन्त्री समेत रहेका नेता प्रधानले नेपालमा सुरक्षा परिषदको बैठक भूकम्प र बाढी आउँदामात्र बस्ने गरेको छ तर मुलुकलाई नै ठूलो समस्या आउँदा बस्ने गरेको देखिख्दैन भन्दै सुरक्षा परिष्दको बैठक डाकेर तत्काल सेना परिचालन गर्नुपर्ने बिचार ब्यक्त गरेका छन् ।
उनले सेना परिचालन गरेपछि भारतसँग वार्ता जारी राख्नुपर्ने धारणा राखेका छन् ।





