राजनीति

नारायणकाजीको दाबीः संकल्पको खांचो छ, पेट कसेर भएपनि देश बनाई छाड्छौं, दुःख गरौं’

१२ जेठ, काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड–१९बाट हाम्रो देश समेत सबै क्षेत्रमा प्रभावित भएको भन्दैआगामि बर्ष आर्थिक क्षेत्रमा ठुलो चुनौतिको सामना गर्नुपर्ने निश्चित भएके बताएका छन् । उनले भनेका छन्, ‘यो स्वतन्त्र एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवसर पनि बन्न सक्छ। त्यसको लागि दृढ संकल्पको खांचो छः पेट कसेर भएपनि देश बनाई छाड्छौं। दुःख गरौं, फेरौं।’

नेकपा सचिवालय सदस्य समेत रहेका नेता श्रेष्ठ भन्छन्, ‘सार्बजनिक खर्चमा कटौती, मितव्ययीता, चुहावट र भ्रष्टाचार नियन्त्रण, प्राथमिकताको निर्धारण र पुँजीगत खर्च कार्यान्वयन क्षमतामा बृद्धि जरुरी हुन्छ। यस सन्दर्भमा म १ बर्षको राष्टिय सभा र समितिको बैठक भत्ता नलिने घोषणा गर्दछु।सँघ र प्रदेशका अन्य मित्रहरुलाई पनि सोच्न अनुरोध छ।’
पहिलेपनि संसदविकास कोष खारेज गर्न जोड दिएका नेता श्रेष्ठले पुनः जोड दिँदै ट्वीटमार्फत भने, ‘त्यसैगरी म फेरि जोड दिएर भन्न चाहान्छु, ‘सांसद बिकास कोष’ कम्तिमा आगामी बर्षका लागि खारेज गरेर त्यो रकम रोजगारी केन्दृत राष्ट्रिय योजनामा लगानी गरौं । समग्र राष्ट्रिय हित र आवश्यकताको कोणबाट सोचौं।’

प्रवक्ता श्रेष्ठको भनाईः कोभिड–१९बाट हाम्रो देश समेत सबै क्षेत्रमा प्रभावित भएको छ। आगामि बर्ष आर्थिक क्षेत्रमा ठुलो चुनौतिको सामना गर्नुपर्ने निश्चित छ। तर यो स्वतन्त्र एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवसर पनि बन्न सक्छ। त्यसको लागि दृढ संकल्पको खांचो छः पेट कसेर भएपनि देश बनाई छाड्छौं। दुःख गरौं, फेरौं। यसका लागि सार्बजनिक खर्चमा कटौती, मितव्ययीता, चुहावट र भ्रष्टाचार नियन्त्रण, प्राथमिकताको निर्धारण र पुँजीगत खर्च कार्यान्वयन क्षमतामा बृद्धि जरुरी हुन्छ। यस सन्दर्भमा म १ बर्षको राष्टिय सभा र समितिको बैठक भत्ता नलिने घोषणा गर्दछु। सँघ र प्रदेशका अन्य मित्रहरुलाई पनि सोच्न अनुरोध छ। त्यसैगरी म फेरि जोड दिएर भन्न चाहान्छु, ‘सांसद बिकास कोष’ कम्तिमा आगामी बर्षका लागि खारेज गरेर त्यो रकम रोजगारी केन्दृत राष्ट्रिय योजनामा लगानी गरौं । समग्र राष्ट्रिय हित र आवश्यकताको कोणबाट सोचौं।