सितला शर्मा /नेपाल सरकारले जातिय छुवाछुत र भेदभाब मुक्त राष्ट्र घोषणा गरिसकेको छ । हरेक व्यक्तिको आ–आफ्नै मौलिक अधिकर मान–मर्यादा समान हुने नेपालले कानून बनाइसकेको छ । कतिपय नेपालको कानून देखाउनको लागि मात्र कागजमा सिमित छ। नेपालको सम्बिधान बिस्वमै उत्कृस्ट मानिन्छ । दुखको कुरा, कतिपय कुरा ब्यबहारमा लागु हुन सकेको छैन । देशमा दुखद घटनाहरु घटिराखेका छन् । जोकोहीलाई पनि यस्ता घटना सुन्दा पनि कहालि लागेर आउनु स्वभाविकै हो। यस्ता घटनाक्रमले देशको विकासलाई अझै पछाडी धकेली राखेको अनुभुती भईरहेको छ । अहिले निकै चर्चामा आएको रुकुम पश्चिमको दुखद घटनाले ती आमाहरुको काख र खुशी सदाको लागि रित्याईदिएको छ । आमाहरुको दशधारा दुधको मुल्य नै तिर्न नपाई अल्प आयु मै ज्यान घुमाउन बाध्य भए ति युवाहरु । सदाको लागि आमाको ऋणमा डुबे । सदाको लागि आमा र परिवारलाई छोडेर जान बाध्य बनाईए । विबाह भनेको के हो, कसरी, कति बेला, कुन उमेरमा, को संग, कहिले यस्ता धेरै कुराहरु नभुझेको कारणले पनि अनायास मै जीवन गुमाई रहेका छन् नेपाली युवा युवतीहरुले । जातभात वा छुवाछुतको बिषयमा समाजमा भएका बिभेदका घटनाहरुमा अग्रस्थानमा रहेर बुझाउन नसक्नु सरकार वा सरोकारवालाको मात्र नभएर हामी सबै सचेत नागरिकको कमजोरी हो ।
लकडाउनको समय थियो, साँझको बेला परिवार र समाजले नस्वीकारेको कुरालाई एक गाउँबाट अर्को गाउँ युवाको जत्था नै बोकेर जानु आफैमा सहि गलत के थियो ? ९ महिना कोखमा राखेर, दसधारा दुध चुसाएर हुर्काएकी आमाका छोराहरुलाई किन यसरि ज्यानै जाने परिस्थिति आयो ….। कठै बरा कति आशुको भेलमा डुबेका छन् आज ती आमाहरु, जसले छँदाखादाको आफ्ना छोराहरु गुमाउन बाध्य भए । माफ गरिदेउ आमा मलाई, तिम्रा छोराले बनाएका कानुनको घरमै राखिदिएको भए हुन्थियो होला । मार्नै पर्ने त थिएन होला । तर ती घरमा नराखी मृत्युको मुखमा पो राखियो। आमा हामी तिमीलाई छाडेर जान बाध्य भयौ ।
आमा हामी अर्को जुनीमा फेरी लडाई गर्ने छौ है । जातीय भेदभाब र छुवाछुतको लडाईं । अनि संसारमा हुनेछन् नर र नारी, हाम्रो जाति हुनेछ नेपाली । नेपाली नागरिकता हुने जति सबै नेपाली जाती, के को सानो अनि के को ठूलो जात । किनकी मेरो देशको नाम नेपाल हो हामी सबै हौँ नेपाली । छुवाछुत मुक्त समाज बनाउला आमा । अनि त्यो समयमा न मधेशी, न पहाडी, न तल्लो जात, न उपल्लो जात, न छुवाछुत हामी सबै एकै जाति हुनेछौं हौला । हामी सबै नेपाली जाति मिलेर देशको लागि लडेर छिमेकीले मिचेको जमिन लिपुलेक, कालापानी, लिम्पियाधुरा पनि फिर्ता ल्याउला है आमा अहिले नरोई बसिदेउ । अहिले त आफ्नै भाइभाई मै लडाई, झगडा गर्दै, जातीयता र धार्मिकतामा अल्झेर समय बिताएका छौ । माफ गरिदेउ आमा, यहि मौका छोपेर छिमेकीले आमाको अंश लुटेको छ । अहिले नै फेरी प्राकृतिक विपत्ति पनि आइरहेको छ । सबै मिलेर कोरोनाको कहर सँग लड्नु पर्ने थियो … । के गर्नु महामारीले पनि छुवाछुत निम्ताएको छ ।
स्वाथ्यकर्मी, डाक्टर, नर्सलाई घर घरबाट निकाल्न थालिएको छ। उहाँहरुले डेरा पाउन छाडे । प्रशासनले कोठा खोजेर राख्न खोज्दा पनि आफनै दाजुभाई दिदीबैनीले निकाल्न खोजेर छोईछिटो बार्न थाले। आमा म प्रार्थना गर्छु अर्को जुनीमा तिम्रै छोरा भएर जन्म लिन पाउं । त्यो समयमा महामारी नआओस, जातिय विभेद नहोस, छुवाछुत नहोस, धार्मिक बिभेद नहोस । महामारी नआएपछि जनतालाई स्वाथ्यकर्मी, डाक्टर, नर्स पनि चाहिएन अनि स्वस्थ्य क्षेत्रमा पढाउनु पनि परेन। मेरा छोराछोरीलाई डाक्टर नर्स पनि पढ्न भन्दिन म त्यतिबेला स बस्ने घर, डेरा पनि चाहिएन। अनि बल्ल हामी देशको विकास गर्ने छौं । बैरीबाट देश जोगाउने छौं । आफ्नो दाजुभाई दिदीबहिनी मिल्ने छौं । मिचिएको जमिन फिर्ता ल्याउने छौं । हामी सबै नेपाली एक हुनेछौ । सक्छौ भने माफ गरिदेउ आमा अहिलेको हाम्रो गल्तीलाई फेरी दोहोराउदिन म । आमाको आसु धेरै बगाएका छौं । अर्को जुनीमा आशु पुछ्ने छौं । माफ पाउ ।
जय जय नेपाल जय नेपाल





