२३ जेठ, जनकपुरधाम । चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा मधेश प्रदेश सरकारले विनियोजित बजेटको १९.४ प्रतिशत मात्रै खर्च गरेको छ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको भए पनि जेठ २१ गतेसम्म ९ अर्ब ११ करोड ९५ लाख रुपैयाँ मात्र खर्च भएको प्रदेश अर्थ मन्त्रालयले जनाएको छ।
खर्चमध्ये चालुतर्फ ५ अर्ब ३२ करोड रुपैयाँ र पुँजीगततर्फ ३ अर्ब ७९ करोड रुपैयाँ खर्च भएको छ। अर्थमन्त्री युवराज भट्टराईले बजेट कार्यान्वयनको गति अपेक्षाअनुसार हुन नसकेको तथ्यांक सार्वजनिक गरेका हुन्।





