प्रदेश 2

मधेश बजेटमा नयाँ नारा र नयाँ योजना, के-के परे प्राथमिकतामा ?

१ असार, जनकपुर । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र वन क्षेत्रलाई प्राथमिकतामा राखेको छ।

अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा कुल विनियोजनमध्ये ६४.३५ प्रतिशत पुँजीगत तथा ३५.५४ प्रतिशत चालु खर्चका लागि छुट्याइएको छ।

बजेटमा मेड इन मधेश, समृद्ध प्रदेश’ र ‘उत्पादनशील मधेश, आत्मनिर्भर देश जस्ता नारामार्फत स्थानीय उत्पादन प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई जोड दिइएको छ। साथै गर्भवती आमाका लागि ‘पोषण प्याक लगायतका जनमुखी कार्यक्रम पनि समावेश गरिएको सरकारले जनाएको छ।