राजनीति

काँग्रेसको एक विज्ञप्तीले थप्यो सरकारले असार ७ सम्म कर तिर्ने म्याद

२१ जेठ, काठमाडौं । आन्तरिक राजश्व बिभागले कर तिर्ने म्याद असार ५ गतेसम्म थपेको छ । व्यापक बिरोध भएपछि बिभागले जेठ २५ गतेदेखी म्याद थपेर असार २छ गतेका लागि बढाएको हो ।

असार ३२ गतेसम्म नेपालभर लकडाउन भएका बेला यसै बिचमा कर तिर्न लगाउनुको बिरोधमा उद्योग बाणिज्य महासँघ, चेम्बर अफ कमर्ष तथा राजनीतिक दल तथा ब्यावशायीहरुले बिरोध गरेपछि सरकार पछि हट्न बाध्य भएको हो ।

अर्को कुरा त के भने, ‘नेपाली कँँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कर तिर्न अवज्ञा गर्न सार्वजनिक अवज्ञा गर्न अपील गर्दै विज्ञप्ती प्रकाशित गरेको केही घण्टा पनि नभई सरकारले कर तिर्ने म्याद थप्न बाध्य भएको देखिएको छ ।

काँग्रेसले थपीएको मयादको बिषयमा आधिकारिक प्रतिकृया नआए पनि उनको दबाबका कारण सरकार डराएर फिर्ता लिएको सामाजिक सञ्जालमा स्टाटस्हरु आईरहेका छन् । नेकपा नेतृत्वको सरकारले जनताको समर्थन काँग्रेसलाई जाने डरले म्याद बढाएको सर्बसाधारणहरुको प्रतिकृया छ ।