राजनीति

संसदमा दर्ता भयो संघीयता खारेज गर्न माग गर्दै संबिधान संसोधन दर्ता

२१ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संसदमा संसोधन प्रस्ताव दर्ता गरेको छ ।

संसद दुर्गा पौडेलले ९२ स्थानमा संबिधान संसोधन गर्दै संघीयता खारेज गर्न र स्थानीय तह बलियो बनाउन माग गर्दै दर्ता गरेकी हुन् ।

राष्ट्रिय जनमोर्चाले पहिलेदेखी नै संघीयता आवश्यक नपर्ने वकालत गर्दै आएको छ । बुधबार संसदमा संघीयता खारेजको माग गर्दै उक्त बिधेयक दर्ता गरेको हो ।