पु.समाचार

समाचार लेखेको निहुँमा पत्रकारलाई दिएको धम्कीप्रति यूनियन रुष्ट

३२ जेठ, काठमाडौं । नेपाल प्रेश यूनियनले समाचारको बिषयमा पत्रकार गोबिन्द परियारलाई सुमेग ट्राभल एजेन्सीका सञ्चालक मेघ केसीले सिध्याइदिन्छु भन्दै धम्की दिएकाप्रति ध्यानाकर्षण भएको जनाएको छ । यूनियनका महासचिव अजयबाबु शिवाकोटीले उक्त घटनाप्रति खेद ब्यक्त गरेका छन् ।
अर्कोतिर नेपाल प्रेस युनियन मकवानपुरका संगठन विभाग प्रमुख तथा तु खबर डटकमका समाचार प्रमुख बलराम पुडासैनीलाई मल वितरण गरिरहेको भिडियो खिचिरहेको बेलामा गत जेठ २७ गते मंगलवार न भिडियो खिचेको भन्दै रमेश गेलालले हातपात र अपशब्द गरेकाप्रति पनि युनियनको ध्यानाकर्षण भएको छ।

यूनियनले कोरोना महामीको अप्ठ्यारोसँग जुधिरहेका पत्रकारहरु पछिल्ला दिनमा आफ्नो कार्यसम्पादनका क्रममा मानसिक दवाव र धम्कीको सामना गरिरहेको विभिन्न घटनाहरुले देखाएको बताउँदै देशका विभिन्न भागमा भएका पत्रकारहरुमाथि प्रसासन लगाएर मानसिक दवाव दिने, विभिन्न कम्पनीका संचालकहरुबाट ज्यान मार्ने धम्की दिने र गालीबेइज्जती गर्ने क्रम बढेको ठहर गरेको छ ।

यसै क्रममा काठमाडौं प्रेसका प्रबन्ध सम्पादक गोविन्द परियारलाई चार्टर्ड उडानमा महँगो भाडा असुलेको समाचार प्रकाशन भएपछि सुमेग ट्राभल एजेन्सीका सञ्चालक मेघ केसीले सिध्याइदिन्छु भन्दै धम्की दिएको र जेठ ३२ गते बिहान ११बजे केसीले फोन गरी मेरो विषयमा किन समाचार लेखेको म ‘सिध्याइदिऊ’ भन्दै धम्की दिएको परियारले युनियनलाई जानकारी दिएको यूनियनको दाबी छ ।

यसैगरि स्याङ्जाको गल्याङ नगरपालिका वडा नं। २ स्थित आफ्नै घर नजिकै गत जेठ २५ गते झुण्डिएको अवस्थामा फेला परेका सो नगरपालिकाका स्वास्थ्य इकाइ प्रमुख लिलाबल्लौ भण्डारीको आत्महत्याको विषयमा स्याङजास्थित नेपाल समाचारपत्र राष्ट्रिय दैनिका संवाददाता भुपराज बस्याललाई स्थानीय प्रशासनले प्रहरी मार्फत जिल्ला प्रशसन कार्यालय स्याङ्जामा उपस्थित गराई सोधपुछ गरिएको घटनालाई नेपाल प्रेस यूनियन स्याङजाले गम्भिर रुपमा लिएको विज्ञप्तीमार्फत महासचिव सिवाकोटीले बताएका छन् ।

यूनियनले विज्ञप्तीमा भनेको छ, ‘गत साता देखि आइतवारसम्म भएका यि घटनाले नेपालमा मौलाउँदै गएको दण्डहिनतालाई समेत उजागर गरेको छ। आमसञ्चार माध्यममा प्रकाशित प्रसारित समाचारमा चित्त नबुझे उजुरी गर्ने बैधानिक बाटो छदाछदै प्रहरी प्रसासन लगाउने, धम्की दिने लगायउका कार्य निन्दनीय छ । यि घटनामा संलग्न सबैलाई युनियन कार्वाहीको जोडदार माग गर्दछ। साथै संचारमाध्यम र संचारकर्मीहरुलाई भयरहित वातावरणमा समाचार संकलन र सम्प्रेषणको प्रत्याभुती दिलाउन युनियन जोडदार माग गर्दछ।’