आर्थिक

बेट फाइनान्सद्वारा Connect IPS Services सेवा शुभारम्भ

५ असार, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड(१९) को संक्रमणबाट हुन सक्ने जोखिमलाई मध्यनजर गरी डिजिटल कारोवारलाई प्रोत्साहन गरेको छ ।

पाईनान्सले उक्त उदेश्यका साथ सम्पूर्ण ग्राहकहरु आफु सुरक्षित भई आफ्नो घर/अफिस बाट ईन्टरनेट तथा मोवाईल लगायतका बिद्युतिय माध्यामबाट बैकिङ कारोेवार तथा बिभिन्न भुक्तानी गर्न सहज होस् भनी बेष्ट फाइनान्स कम्पनीले Connect IPS Services सुरुवात गरेको बताएको छ ।

इच्छुक ग्राहकहरुले सो सेवा लिन नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको Website मा तोकिए बमोजिमको फारम भरी, रजिष्टर गरी सोको प्रति सहित यस संस्थाको पायक गर्ने शाखामा सम्पर्क गरी यो सुविधा उपयोग गर्न सकिनेछ ।

यो सेवा मार्फत सरकारी महशुल, एक बैकबाट अर्को बैकमा रकम स्थानान्तरण, क्रेडिट कार्ड विल भुक्तानी, मोवाईल रिचार्ज, शेयर कारोवारको भुक्तानी लगायत अन्य बिभिन्न सुविधा उपभोग गर्न सकिनेछ ।