१५ असार, काठमाडौं । मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशको विभिन्न स्थानहरुका संघसस्थाहरुलाई सहयोग गरेको छ ।बैंकको शाखाकार्यालय जनकपुरले चिकित्सक संघ, जनकपुरलाई स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्रीखरिद गर्नकालागि रु ५० हजार आर्थिक सहयोग गरेको छ । स्वास्थ्यकर्मीहरु कोरोनाभाइरस संक्रमितहरुसंग प्रत्यक्ष सम्पर्कमा रहंदा कोरोना भाइरस संक्रमणको उच्चजोखिम हुने भएकोले स्वास्थ्य सामग्रीखरिद गर्न उक्त रकम हस्तान्तरण गरिएको हो ।
यसका साथै, शाखाकार्यालय बुटवलले, सियारी गाँउपालिका वडा नं ६, बर्दहवा बुटवलमा रहेको श्री दुर्गा देवी आधारभूत विद्यालयमाअध्यनरत जेहेन्दार तथा विपन्नवर्गका विद्यार्थीहरुलाई ५० हजार बराबरको शैक्षिक सामग्रीहस्तान्तरण गरेको छ ।त्यसैगरी, शाखाकार्यालय रामापुर कोलोनीले, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई टोल सफा राख्नका लागि डस्टवीन हस्तान्तरण गरेको छ ।
साथै, क्षेत्रीयकार्यालय पोखराले जिल्ला ट्राफिक प्रहरी कार्यालय भवननिर्माण समिति, कास्कीलाई भवननिर्माणका लागि २५ हजार बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले जिल्ला ट्राफिक प्रहरीको आफ्नै भवन निर्माणगर्नका लागि सहयोग गरेको हो ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनिप्रदानगर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।





