१७ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका नेकपा स्थायी समिति सदस्य योगेश कुमार भटट्राईले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिएको बताएका छन् ।
नेता भट्टराई सहित ओली निकटलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले मंगलबारको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता तथा स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठसहित झण्डै डेढ दर्जनले अध्यक्ष र प्रभानमन्त्री दुवै पदबाट मागेको राजीनामा पछि आत्तिएका प्रधानमन्त्रीले भावी रणनीतिको बारेमा सल्लाह गर्न आज बालुवाटारमा खाफू निकटका स्थायी समिति सदस्यहरुलाई बोलाएर छलफल गरेका छन् । उक्त छलफलमा नेताहरुले उही सल्लाह दिएको नेता भट्टराईले उनको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले भारतले सरकार ढाल्न होटल होटलमा बैठक राखेको, राजदूतहरु सकृय भएको सार्बजनिक अभिब्यक्तीप्रति कडा रुपमा उनको आलोचना भएको थियो ।
नेता भट्टराईले आजको भेटमा भनेका छन्, ‘चिज साकारत्मक दिशामा जाने आशा गरौ । प्रोक्सी वार बन्द गरौ ।’ प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर सल्लाह मागेपछि आफूहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिएको खुलाएका छन् ।






