१७ असार, काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) का कारण नेपाल सरकारले २०७६ चैत्र ज्ञज्ञ गतेदेखि घोषणा गरेको देशव्यापी बन्दाबन्दीका कारण यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रलाई अत्याधिक प्रभाव परेको देखिएकोले सुरक्षणको रुपमा सम्बन्धित सवारी साधन समेत धितो राखी विकास बैंकले यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन (बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जाउपभोग गर्नुभएका सेवाग्राही (ऋणी) हरुलाई नेपाल राष्ट्र बैंकको २०७७ बैशाख १६ गतेको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक२०७७ आषाढ महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने निर्णय गरेको छ ।
सम्बन्धित सम्पुर्ण सेवाग्राहीहरुले २०७७ आषाढ मसान्त भित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन् ।
विकास बैंकले कोभिड–१९ को महामारी तथा देशब्यापी लकडाउनका कारण अत्याधिक प्रभावित सर्वसाधारणयात्रु तथा पर्यटक वाहक सवारी साधन खरिदका लागि “हायर पर्चेज”शीर्षकमा कर्जा सुविधा उपभोग गर्नुहुने सेवाग्राहीहरुलाई प्रदान गर्न लागेको छुटले सम्बन्धित सेवाग्राहीहरुलाई थोरै भएपनि राहतको महशुस हुनेछ भन्ने विश्वास लिएको प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जनाएका छन् ।





