पर्यटन/संस्कृति

मनकामना केबुलकारले गरायो सरकारलाई ध्यानाकर्षण

२ असार, काठमाडौं । कोरोना भाइरसले पारेको प्रभाब आत्मसाथ गर्दै मनकामना मन्दिर दर्शनका लागि संचालित देश कै पहिलो केबलकार मनकामना केबुलकारले आगामीदिनहरुमा उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवसायिक क्षेत्रहरु खुल्ला गर्नुपर्नेमा जोड दिएको छ ।

केबुलकारले व्यवसायिक क्षेत्र खुलाउन सरकारसंग आग्रह गर्दै लामो दुरीका यातायातलाई समेत सञ्चालनगर्दै, पर्यटन, धार्मिक क्षेत्र लगायतका सबै क्षेत्र खुल्ला गराउनआग्रह गरेको हो । कोरोनाकहरले निम्त्याएको संकट सामनागर्न नागरिकहरु समेत सजग र सचेत भईसकेकाले सुरक्षामाकुनै पनि कसर बाँकी नराखी अबिलम्ब पर्यटन व्यवसायिक क्षेत्र साथै धार्मिक क्षेत्र समेत खुलाउनतर्फ सरकारले चासो दिनुपर्ने जनाएको छ ।

लामो समय देखि यि प्रतिष्ठानहरु बन्दहुँदा समग्र देशको आर्थिक क्षेत्र नै धरासायी हुन पुगेकाले अर्थतन्त्र चलायमान बनाउन पनि अब सतर्कता पुर्वक यस्ता क्षेत्र संचालन हुनुपर्नेमा जोड दिएको छ ।