पु.समाचार

काँग्रेसभित्र युवाहरुलाई बोल्न नसक्ने/चाकरीमा लाग्ने आरोप लागेको छ सच्चिनैपर्छः नेता घिमिरे

३ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीभित्र युवाहरुकोसमेत कार्यकर्ताले आलोचना गर्न थालेको भन्दै बोल्न नसक्ने, चाकरी गर्ने लगायतका आरोप लाग्न थालेको बताएक छन् । उनले युवाहरुलाई सच्चिने समय भएपनि सिननियर नेताहरुलाई भने आन्तरिक लडाईमामात्र लाग्ने हो भने पार्टीलाई घाटा हुने बताए ।

गणेशमान सिंह एकेडेमी र गिरिजा प्रसाद फाउण्डेशनको जुम बैठकमा बोल्दै विपी कोइरालाको समाजबादको औचित्यको बारेका स्पष्ट गर्ने कार्य गरेका थिए । नेताको चाकरी र झोला बोकेर भन्दा पार्टीको सिद्धान्तलाइ आत्मासत गरेर सबै नेता कार्यकर्ता हिँड्ने वातथावरण बनाउनुपर्ने उनको बिचार थियो । 

नेपाल बिद्यार्थी संघका पुर्व केन्द्रीय अध्यक्ष समेत रहेका युवा नेता घिमिरेले काँग्रेस कार्यकर्ताको भावना बुझेर, नेपाली जनताको भावना र आवश्यक्ता बुझेर समाजबादको कार्यान्वयन गरेमात्र नेपाली काँग्रेस बलियो हुने भन्दै फलानो र चिलानो गुट भन्दा नेपाली काँग्रेसको असल कार्यकर्ता हुनतिर सबै लाग्नुपर्ने उनको तर्क छ ।

गाणेशमान सिंह फाउण्डेशनका अध्यक्ष तथा काँग्रेस केन्द्रीय सदस्य एबम् पुर्ब मन्त्री प्रमुख वक्ता रहेको कार्यक्रममा देश निर्माणका लागि नेपाली काँग्रेसको बिकल्प नभएपनि पछिल्लो समय नेपाली काँग्रेस नेतृत्वसँग जनता असन्तुष्ट रहेका कारण राजनीति बिग्रिएको जिकिर गरेका छन् । उनले सबै युवाहरु सच्चिएमा काँग्रेस बलियो बन्न भूमिका खेल्न सक्ने भन्दै आफूले काँग्रेस बलियो बनाउने कुरामा जस्तोसुकै त्याग गर्न सक्ने जिकिर गरेका छन् । नेपाली काँग्रेसको राजनीतिमा समाजबादको भूमिका बिषयक उक्त कार्यक्रममा नेता घिमिरेले महत्वपूर्ण कुराहरु राखेका थिए ।