प्रदेश 1

सोमबारदेखी सुनसरी जिल्लामा एक हप्ताका लागि निशेधित क्षेत्र घोषणा गर्ने प्रशासनको निर्णय

२५ साउन, इटहरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले २६ गतेदेखी ३२ गते साउनसम्मका लागि सुनसरी जिल्लालाई निशेधित क्षेत्र घोषणा गरेको छ ।

आज कोरोना महामारी व्यवस्थापन केन्द्रको बैठकले सोमबार राती १२ बजेदेखी एक हप्ताका लागि निशेधित क्षेत्र घोषणा गरेको छ ।

बिराटनगरमा एकहप्ता अघिदेखी नै लकडाउन छ भने दैनिक रुपमा कोरोना संक्रमितहरु बढिरहेका छन् । बिभिन्न खतराहरुलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले निशेधित क्षेत्र  घोषणा गर्ने निर्णय गरेको हो ।