१७ भदौ, काठमाडौं । नेपाल आयल निगमले कास्की, झापा, धनुषा, अमलेखखगञ्ज–चितवनलगायतका स्थानमा पुर्बाधार विकासका लागि तीब्र गतीमा लागेको छ । आयल निगमको अस्थायी कार्यालय टेकस्थीत आफ्नै जग्गामा बनाउन लागेको निगमले आफ्नो केन्द्रीय कार्यालय अहिले रहकै स्थानमा बबरमहलमा बनाउने तयारी गरेको छ । निगमलाई पेपरलेस बनाउने गरी लागेको व्यवस्थापनले केहीसमय भित्रै २३ करोडको खर्चसहित सफलता हाँशिल गर्ने योजना बनाएको छ । पेपरलेसले निगमको काम छिटो, छरितो र मुल्यांकन गर्न सजिलो बनाउने निगमको भनाई छ।
भैरहवामा २० अर्ब रुपैयाँको लागतमा ईनधन भण्डारण गृह बन्न लागेको छ भने उक्त गौतमबुद्ध बिमानस्थलमा तीन सय ५० किलोलिटर क्षमताको भण्डारणगृहको डिजाईनिङ तयार भईसकेको र केही समयमा नै उक्त कार्य शुरु हुने निगम ब्यवस्थापनको दाबी छ । निगमले अमलेखगञ्ज–चितवन पाईपलाईनको अध्ययन गरिरहेको जनाएको छ । पहिलो चरणमा भारतको तीन अर्ब २० करोड र नेपालको ७५ करोड गरी बनेको उक्त पाईपलाईन मोतियारी अमलेखगञ्ज पाईपलाईनलाई ६२ किलोमिटर थपसहित चितवनसम्म ल्याउने निगमको योजना छ । १५ हजार टन क्षमताको ज्ञास भण्डारण प्लान्टको ८ करोड खर्च गरी परामर्सदाता छनौट गरिसकिएको निगमले बताएको छ । ज्ञासबोटलिङको कामसमेत हुने भनिएको झापा र धनुषाको उक्त प्लान्टले १५ दिनसम्मको लागि ज्ञास धान्न सक्ने दाबी निगमको छ ।
निगमले जम्मा १५ करोड र प्रत्येक बिमानस्थलमा ५५ करोड खर्च गरी एक महिनालाई पुग्ने हवाई इन्धनको भण्डारणका लागि जनकपुर, भैरहवा र दाङलाई छानेको छ । उक्त रिफिलिङ सेनटरको क्षमता ६० किलोलिटर रहन्छ । अहिले पोखरामा १० हजार किलोलिटर क्षमताको भण्डारण गृहको काम संचालनमा रहेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताएका छन् । गण्डकीको उक्त भण्डारण गृहको लागत ७५ करोड लाग्ने बताईएके छ भने अहिले भएको भण्डारण गृहको क्षमता दुई हजार दुई सयमात्र भएको निगमको दाबी छ । अहिलेको भण्डारण गृहको क्षमताले एकदिनलाईपुग्गे पनि नभएको बताइएको छ । अत्याधुनिक भण्डारण गृह बनाएपछि पेट्रोल १५ दिनलाई र डिजेल एकमहिनालाई पुग्ने निगमले बताएके छ । भण्डारण गृह बिना पनि निगमले निर्माणधिन पोखरा बिमानस्थललाई आवश्यक पर्ने ईन्धनको जोहो गर्न सक्ने भन्दै भण्डारण गृहका कारण ईन्धनमा कमी आउन नदिने तर्क निगम उच्च व्यवस्थापनको छ ।
निगमले देशकै ठूलो प्रदेश नम्बर १को झापामा ४० हजार किलोलिटर क्षमताको इन्धन भण्डारण गृह यसै बर्षदेखी शुरु गर्ने दाबी गरेको छ । डिपिआर तयार भईरहेको र नेपाल भारत अन्तरदेशीय पेट्रोलीयम पाइपलाईनबाट आएको तेल त्याहाँ भण्डारण गर्ने निगमको तयारी छ । लामो समयदेखी पुर्बाधारका कार्य हुन नसकेको नेपाल आयल निगमले आफ्नो काँचुली फेर्नेगरी पुर्बाधारका यस्ता योजनाहरुको शुरुवातथी गरेको छ । नयाँ ब्यवस्थापनसँगै निगमले काँचुली फेर्ने दाबी कर्मचारीहरुको छ ।
आयल निगम कर्मचारी युनियनका अध्यक्ष विकास बखतीले ट्रेड निगम ब्यवस्थापनले गरेको भण्डारण, पाईपलाईन, पेपरलेस, भवन निर्माणजस्ता कार्य निगमकै भविश्यमा सकारात्मक रहने टिप्पणी गरेका छन् । भने अर्का नेकपा समर्थक कर्मचारी संगठनका अध्यक्ष गोपाल राईले आफूहरु नेपाल आयल निगमको व्यवस्थापनसँग कोरोना महामारी लगायत निगमका पूर्बाधार विकासका लागि निगमले चालेका कदममा पूर्ण सन्तुष्ट रहेको बताएका छन् । अध्यक्ष राईले सुर्यखबरसँगको कुराकानीमा आफूहरुको एजेण्डा नै निगमको पुवार्धार बिकास गरी दीर्घकालीन रुपमा निगमलाई बलियो बनाउनुपर्छ भन्ने रहेको भन्दै अहिलेको व्यवस्थापनले गरेका कार्यमा कुनैपनि खोट रहने स्थान नभएको बताएका छन् । महामारीको समयमा कर्मचारी युनियन सेवाका लागि खटिरहेका र सह्रानीय कार्य गरेका भन्दै निगमबृतमा प्रवस्थापन र कर्मचारीकोको प्रशंसासमेत हुने गरेको छ । उदयपुर सिमेन्टलाई स्थापनाकालदेखीकै घाटा कम गराएर चर्चामा आएका निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको व्यवस्थापनले दशकौंदेखीको निगमको पुरानो संरचनालगायतलाई परिवर्तन गर्ने बाटो खोलेको बिभिन्न योजनाबाट आनुमान लगाउन सकिन्छ ।





