१ असोज, काठमाडौं । नेविल बैंकले कोविड १९ महामारीको प्रभावका कारण धेरै नेपालीहरू आर्थिक कठिनाईमा लाई मध्यनजर गर्दै नबिल बैंकसँगै अघिबढ्ने आफ्नो उद्देश्यअनुरुप, सम्भव भएसम्म धेरैलाई खुशी पार्ने प्रयास गर्दै समाजप्रती उत्तरदायी हुन खोजेको बताएको छ । बैंकले सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजनाशुरू गरेको छ ।नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कमगर्न मद्दत पु¥याउने भन्ने बैंकले आशा गरेको छ ।
यस योजना अन्तर्गत बैंकले १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर, १ बर्षसम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत ब्याजदर, २ बर्षभन्दा माथि र ५ बर्षसम्म व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याजदर र ५ बर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
बैंकले कर्जा अन्तर्गत निम्न बमोजिमको ब्याजदरमा घर कर्जामा ७.४९ प्रतिशत, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९ प्रतिशत, साना तथा मझौला कर्जामा एक करोड सम्मको कर्जामा ७.४९ प्रतिशत र एक करोड भन्दा माथिको कर्जामास्७.९९ प्रतिशत गदै अण उपलब्ध गराउनेछ ।
बैंकले जनाएअनुसार योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन गरिने छैन ।
सन् १९८४ देखि आफ्ना आदरणीय ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दैआएको यस नबिल बैंकका ११९शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको तथा यस बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा रहेको छ । नबिल बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ
नबिल बैंक ग्राहकसँग एउटा परिवारजस्तै गरी सँगै अघि बढ्नेमा विश्वास गर्ने प्रमुख संस्थागत संचार बिभाग प्रम्रख कृष्ण सुवेदीले बताएका छन् ।





