४ असोज, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यले जिम्मेवारी लिएर व्यवस्थापन सुधार गर्नुपर्ने बताएका छन् । नेता पौडेलले राजयले अनुगमन कठोर ढंगले गर्नुपर्ने भन्दै कृषि अनुंसधान, कृषि प्रसारबिच तालमेल नभएको भन्दै काँग्रेसको सरकार अएपछि धेरै राम्रा काम भएको सत्य भएपनि काँही न काँही त्रुटी भएको हो, त्यो काँहा हो खोजी गरी सुधानुपर्ने बताएका छन् ।
नेता पौडेलले बजारमा बेलाच बेला हस्तक्षेप नगरे कोही अरबौंपति हुने त धेरैजसो दुःखमात्र पाउने अवस्था आउने बताए । उनले अरबौं आयो भनेर ढुक्क हुने भन्दा निमुखालाई नयाय र बिपन्नलाई आय हुनका लागि जनमुखी अर्थतन्त्र, श्रमको सम्मान गर्ने परिपाटी हुनुपर्ने बताए । उनले राम्रो पढाई, रोजगारी, सुबिधा सशरमामात्र हुँदा सबै सहरमा नै आउने र गाउँ रित्तिने कार्य राम्रो नभएको हुँदा गाउँमा नै स्वास्थ्य, शिक्षा पुर्याउनु लोकतान्त्रीक समाजबाद भएको बताए । उनले सबै बााचौं भन्दै न्यूनतम आवश्यक्ता पुरा गरौं भन्ने बिपी कोईरालाको बाटो नै सत्य भएको बताए । उनले राज्यले सबै क्षेत्रमा हस्तक्षेप गर्न नमिल्ने भन्दै जनतालाई अप्ठ्यारो परेको बेला भाग्नभने नमिल्ने बताए ।
बरिष्ठ नेता पौडेलले २०१५ सालका एजेण्डा काँग्रेसले छोडेको र ती एजेण्डा कम्युनिष्टले समातेर जनताको मन जितेको भन्दै ती एजेण्डा पुन समात्नुपर्ने उनले बताए । गरिब, उपत्पिडित बर्गमा नै बहुमत भएको भन्दै समाजबादले लोकतन्त्रले समाजबादलाई पुरा गर्ने हुँदा त्यसलाई ध्यान दिनुपर्ने बताए । उनले अमेरिकी राजनीतिशास्त्रीहरुको उदाहहरण दिँदै काँग्रेसले राजनीतिको प्रयोजन सेवा हुनुपर्ने कुरालाई ध्यान दिनुपर्ने बताए । उनले राजनीतिलाई ब्यापार बनाउनु नहुने भन्दै देशका सबै प्रदेश र स्थानीय तहका कुना कुनाका जनतामा समृद्धि आउने गरी काम गर्नुपर्ने बताए । नेता पौडेलले गरिवको कुरा गर्दा, उनीहरुको उत्थान गर्दा धनीको सुरक्षा हुने भन्दै गाउँको आम्दानी बढ्दा सहरको आम्दानी बढ्ने कुरा नबिर्सन आग्रह गरेका छन् ।
उनले कम्युनिष्टसँग अब काँग्रेसले बैचारिक बहसमा लाग्नुपर्ने भन्दै उनीहरुलाई कुन सिद्धान्त ठीक छ भन्दै जनतासँग उतार्न सकनुपर्ने बताए । कम्युनिष्टले जनतालाई विचारमा ढाँट्छ कि कम्युनिष्टले ढाँट्छ भन्ने जनतालाई स्पष्ट पानुपर्ने जिकिर गरेका छन् । साम, दाम, दण्डभेद, पैसा धेरै, मेहेनती सबै कम्युनिष्ट भएको जिकिर गर्दै काँग्रेसले चिन्तन र लगनशीलतालाई अगाडी बढाुनुपर्ने विचार व्यक्र गरे । उनले काँग्रेसले गरिवको आत्मा छुने काम गर्नुपर्ने योजना ल्याउनुपर्ने भन्दै समाजबाद भनेको एउटा मानिसलाई मानिसको रुपमा हेर्ने नीति भएको बताए । आउँदो निर्बाचनमा विजय हुने काँग्रेसले लोकतान्त्रीक समाजबादका यस्ता बहस गर्न आवश्यक्ता रहेको विचार ब्यक्त गरेका छन् ।
बरिष्ठ नेता पौडेलले लेनदेनबाट राजनीति अगाडी बढ्न नसक्ने भन्दै अब अर्थशास्त्रीहरु, वैज्ञानिकहरु जनताका लागि दह्रो भएर अगाडी बढ्न आवश्यक्ता रहेको बताए । पाँच दर्जन प्राध्यापकहरुसंगको ‘समाजवादको कसीमा कांग्रेसः हिजो, आज र भोलि’ शीर्षकको भर्चुअल बहसमा सम्पन्न गणेशमान सिंहको २३ औं स्मृति दिवशको अवशरमा आयोजित कार्यक्रममा बरिष्ठ नेता पौडेलले आफ्ना भनाईहरु राखेका हुन् । कार्यक्रमको संयोजन प्राध्यापक बहस चौतारीले गरेको थियो ।





