राजनीति

डा.केसिले उठाएका जनताका माग सरकारले पुरा गर्नै पर्छः पुर्व राष्ट्रपति डा.यादव

१६ असोज, काठमाडौं । पुर्व राष्ट्रपति डा. रामवरण यादवले डा.गोबिन्द केसिले उठाएका जनताका माग सरकारले पुरा गर्नपर्नेमा जोड दिएका छन् ।

चिकित्सा शिक्षाको सुधारलगाएत माग राख्दै १९ दिनदेखी त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोबिन्द केसिलाई आज भेट्न पुगेको डा यादवले डा केसिले उठाएका मागप्रति गम्भीर बन्न सरकारको ध्यानाकषर्ण गराएका हुन् ।

सत्याग्रह माफर्त डा केसिले जनाताको माग उठाएकाले सरकारले वार्तामाफर्त समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । डा यादवले केसीको मागलाई सम्बोधन गर्न सरकारसँग पहिले पनि आग्रह गर्दै ऐक्यबद्धता जनाउन विगतमा पनि आएको र आज अहिंसा दिवसको संयोग परेको उनको भनाई थियो ।

पुर्व राष्ट्रपति यादवले सत्याग्रही केसि र महात्मा गान्धी पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको उदाहरण दिएका छन् । केसीको स्वास्थ्य संवेदनशीलताको चिन्ता गर्दै सबैलाई सतर्क र साबधान रहेर उपचार र हेरचाह गरी राष्ट्रको अमूल्य सम्पत्ति बचाउन सरकारलाई आग्रह गरेका छन् ।