२४ असोज, काठमाडौं । आज ५००८ संक्रमितहरु थपिएका छन् । देशभर ३० हजार ८१८ सकृय संक्रमित छन्, । संस्थागत आईसोलेशनमा १३ हजारभन्दा बढी । होम आईसोलेशनमा देशभर १७ हजार १६४ रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १९ हजार ३२० जना पीसीआर गर्दा ५००८ जना संक्रमित, उपत्यकामा २ हजार ६७२ जना नयाँ संक्रमित थपिएका छन् । २४ घण्टामा संक्रमण मुक्त १२ सय भन्दा बढी छन् ।आजको उपत्यका वा देशभरको संक्रमण अहिलेसम्मकै २४ घण्टाको बढी हो ।





