२४ असोज, काठमाडौं । आज कोरोना संक्रमणका कारण देशभर १४ जनाको निधन भएको छ, देशभर अहिलेसम्मका संक्रमित १०५६८४ पुगेका छन् । आजको निधनपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ जना पुगेको छ । आज ५००८ संक्रमितहरु थपिएका छन् । देशभर ३० हजार ८१८ सकृय संक्रमित छन्, । संस्थागत आईसोलेशनमा १३ हजारभन्दा बढी । होम आईसोलेशनमा देशभर १७ हजार १६४ रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १९ हजार ३२० जना पीसीआर गर्दा ५००८ जना संक्रमित, उपत्यकामा २ हजार ६७२ जना नयाँ संक्रमित थपिएका छन् । २४ घण्टामा संक्रमण मुक्त १२ सय भन्दा बढी छन् । दैनिक रुपमा देशभर संक्रमितहरु थपिएका कारण देशबासीलाई यथास्थानमा बस्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आग्रह गरेका छन् ।





