२४ असोज, काठमाडौं । असोज २५ गते बस्ने भनिएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सारिएको छ । ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि १९ असोजमा गर्ने भनिएको बैठक असोज २५ गतेलाई सारिएको थियो । काँग्रेसका पुर्व केन्द्रीय कोषाध्यक्ष रामबाबु प्रशाईको निधनका कारण पार्टीले बैठक सारेको मुख्यसचिव कृष्णचन्द्र पौडेलले सुर्यखबरलाई बताए । बैठक कहिले बस्ने भन्ने टुंगो छ्रैन। समन्वय गरेर टुंगो लागेपछि बैठक गर्ने बताईएको छ ।





