२४ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश कुमार भट्टराईलाई कोसंक्रमण भएको छ । स्वकीय सचिव प्रेम गुरगाईंका अनुसार काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी भएर काठमाडौं फकिएपछि शुक्रबार हल्का ज्वरो आएको र शनिबार कोरोना परक्षण गर्दा कोरोना संक्रमण भेटिएको हो । हल्का ज्वरोबाहेक स्वास्थ्य समान्य रहेको र मन्त्री भट्टराईको सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गरी ढुक्क हुन सचिवालयले सबै सम्पर्कमा आउनेलाई आग्रह गरेको छ ।





