२४ असोज, काठमाडौं । जनताको हितमा मेडिकल क्षेत्रका सुधारका लागि बिभिन्न माग राखेर अनशन बसेका प्रा. डा गोबिन्द केसीसँग सरकारले ८ बुंदे सहमती गरेको छ । जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरुवात गरेको डा केसी अहिले शिक्षण अस्पताल महाराजगञ्जमा छन् । डा केसी र सरकारी वार्ता टोलीबीचको पटक पटकको सम्झौता प्रयास सफल हुन नसकेका बेला अनशनरत रहेको २८ औं दिनका दिन सरकारले उनसँग सहमती गरेको हो। वार्ता टोलीबीच सहमती हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मत्री गिरिराजमणि पोख्रेलबीच कुराकानी भएपछि सहमतीको बाटो खुलेको हो।







