२८ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा १४०३ सहित देशभर २६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज २४ घण्टामा जम्मा कोरोनाका कारण १२ जनाको निधन भएको छ । आज निधन भएकालाई जोड्दा हालसम्म कोरोनाका कारण निधन हुनेको संख्या ६७५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको प्रेश ब्रिफिगंमा पुष्टी गरेका छन् ।





