राजनीति

काँग्रेस केन्द्रीय समिति बैठक कात्तिक २१ गते शुक्रबारलाई तोकियो

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्र्तिक २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ । काँग्रेसले पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरेको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिज्ञप्ती जारी गर्दै उक्त बैठकबारे जानकरी दिएका हुन् । काँग्रेसको १४ महाधिवेशन आईसक्नै लाग्दा पनि आन्तरिक कार्यहरु गर्न महामारीका कारण समस्या भईरहेकोले आगामी बैठक महत्वपूर्ण हुने राजनीतिक बृतमा अनुमान लगाईएको छ ।