१४ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसको शसक्त भातृसंस्था नेपाल तरुण दलले आफ्नो स्थापना दिवशका अवशरमा ४००० थान मास्क, ३० थान पिपिई सेट र ५२ थान फेस शिल्ड कोरोना अस्पताललाई हस्तान्तरण गरेको छ । दलका केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईँ, कोषाध्यक्ष बिद्वान गुरुगंसहितको टोलीले उक्त सामाग्री हस्तान्तरण गरेको हो । तरुण दलको स्थापना दिवश १० कात्तिकमा भएको भएपनि उक्त दिन नेपालीहरुको महान चाड बडादशैंको टीकाको दिन भएकोले उक्त दिनको सट्टा आज बिभिन्न कार्यक्रम गरेर स्थापना दिवश मनाउने दलले जनाएको थियो । त्यसहिअनुसार दलले जिल्ला तथा स्थानीय समितिरुलाई मनाउन निर्देशनसमेत दिएको थियो ।
अध्यक्ष बस्नेतले भनेका छन्, ‘कोभिड–१९ कोरोना भाईरसको जोखिम दिन प्रति दिन बढिरहँदा यो अवस्थामा पनि अग्रपंङ्तिमा रहेर स्वास्थ्यकर्मी साथीहरुले काम गरिहनुभएको छ । जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको अवसरमा आज एक कार्यक्रम बीच त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (कोभिड–१९ कोरोना भाईरस उपचारमा सहयोगको लागि) मा गई (४००० थान मास्क, ३० थान पिपिई सेट र ५२ थान फेस शिल्ड नेपाल तरुण दल केन्द्रिय समितिद्वारा हस्तान्तरण गरिएको छ ।’
अध्यक्ष बस्नेत थप्छन्, ‘साथै यस काममा स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग पुर्याई दिनुहुने नेपाली काँग्रेस काठमाण्डौँ क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खान ज्यूलाई दलको केन्द्रिय समिति हार्दिक धन्यवाद व्यक्त गर्दछ ।’






