अन्तर्राष्ट्रिय

डब्लु एच ओ का प्रमुख टेड्रोस नै होम क्वारन्टीनमा

१७ कार्तिक, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) का प्रमुख टेड्रोस अधनोम ग्रेब्रेसियस क्वारन्टीनमा बसेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनी सेल्फ क्वारन्टीनमा बसेको जनाकारी दिएका हुन् ।

कोरोना संक्रमितको सम्पर्कमा आएपछि उनी क्वारेन्टीनमा बसेको ट्वीटरमार्फत जनाकारी दिएका हुन् । उनले आफूले कोरोना संक्रमितलाई भेटेको र अहिले क्वारेन्टीनमा बसेको जनाएका हुन् ।

आफू पूर्णरुपमा स्वस्थ रहेको र कुनै लक्षण नरहेको जनाएका छन् । डब्लुएचओको प्रोटोकल अनुसार आफू घरमै रहने ग्रेब्रेसियसले जनाएका छन् ।