पु.समाचार

पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जनाको निधन, ३११४ संक्रमित थपिए

१८ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ३१ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । आजै कोरोना संक्रमणका कारण २० जनाको निधन भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४ जना पुगेको छ । कोरोना संक्रमणबाट निधन हुने र संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म संक्रमितहरु एक लाख ७९ हजार ६१४ जना पुगेका छन् ।
कोरोना जितेर २४ घण्टामा घर फर्किनेको संख्या ३१४२ जना रहेको छ भने आज ११ हजार १६६ जनामा परीक्षण गरिएको थियो ।