२० कार्तिक, एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितको नजिक पुगेका छन् । फक्स न्युजका अनुसार जितका लागि २७० इलेक्टोरल मत आवश्यक पर्नेमा बाइडेनले २६४ र ट्रम्पले २१४ प्राप्त गरेका छन ।
बाइडेनले राष्ट्रपति चुनाव जित्नका लागि आवश्यक राज्यमा विजयी हुने स्पष्ट भएको उल्लेख गरेका छन् । मिसिगनमा जित सुनिश्चितअघि संक्षिप्त मन्तव्य दिँदै उनले मतगणना सकिएपछि आफू विजयी हुने बताएका छन् ।
अन्तिम परिणाम भने एरिजोना, जर्जिया, विसकन्सिन र पेन्सिलभेनियाजस्ता ब्याटलग्राउण्डराज्यका परिणाम आएपछि आउनेछ । डोनाल्ड ट्रम्पले ५० राज्यमध्ये २३ राज्यमा जित्ने अनुमान गरिएको छ ।





